Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सांसदको पद समेत गुमाएका नेताहरु पुन: मन्त्री बन्दै, आज साझँ नै शपथ लिने

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठकबाट सांसद पद समेत गुमाएका चार नेताले पुन मन्त्री पदको शपथ लिने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार उनीहरुको शपथ कार्यक्रम आज साँझ ५ बजे तोकिएको छ।

गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री रायमाझी, शहरी विकास मन्त्री साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री चौधरीले पूर्वपार्टी त्याग गरेको जानकारी दिएका थिए।

हिजोको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रले कारबाही गरेका चार सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त भएको घोषणा गरेसँगै सांसदबाट मुक्त भएका मन्त्रीहरु मन्त्रीबाट पनि स्वत मुक्त भएका हुन्।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनर्नियुक्ति दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077