Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

व्यवसायी चन्द्र ढकाल राष्ट्रदीप विभूषणबाट सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन्।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास महाराजगञ्जमा आयोजित विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन्।

नेपाल सरकार, गृह मन्त्रालयले गत वर्षको असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा ढकाललाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

नेपालका लागि इन्डोनेशियाका अवैतनिक दूतसमेत रहेका ढकालको विप्रेषण, बैंक तथा वित्त, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्पिटालिटी उद्योग तथा विमालगायत दर्जनौ क्षेत्रमा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077