Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कीर्तिपुरबाट लागूऔषधसहित एक भारतीय र दुई नेपाली पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले लागूऔषध ब्राउन सुगर (१७० ग्राम)सहित ३ जनालाई पक्राउ गरेको छ। जसमा दुई नेपाली नागरिक र एक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा भारत पश्चिम बंगाल सिलगढी घर भई काठमाडौँ बस्दै आएका ४८ बर्षीय गणेश महत्त र किर्तिपुर घर भई सोही ठेगानामा बस्दै आएका ४२ बर्षीय अनिल महर्जन र ३७ बर्षीय राजु राय रहेका छन्।

बिहीबार दिउँसो लागूऔषध ब्राउन सुगरको कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको वृत्त जनसेवाले वृत्त किर्तिपुरसंग समन्वय गरी किर्तिपुरबाटै महर्जन र रायलाई पक्राउ गरेको हो।

उनीहरुको साथवाट बिक्री बितरण गर्नको लागी भनेर सानो सानो पोका गरी प्लाष्टिकमा पोका बनाई राखेको खैरो हिरोईन जस्तो देखिने पदार्थ १८ वटा सानो सानो पोकाहरु फेला परेको र उनीहरुको कोठा सर्च गर्दा प्लाष्टिक भित्र प्याक गरी राखेको खैरो हिरोईन जस्तो देखिने पदार्थ ११० ग्राम , सानो तराजु र नेपाली रुपैया तीन लाख  समेत फेला परेको हो।

पक्राउ परेका दुई जनालाई सोधपुछ गर्दा भारतीय नागरिक महत्तसँग किनबेच गरेको भन्ने खुल्न आएसँगै तीनैजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077