Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नागढुंगाबाट लागूऔषधसहित २० बर्षीय आलम पक्राउ

काठमाडौं। थानकोट प्रहरीले अबैध लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्ला कलैया उमनपा ४ घर हुने २० बर्षीय आश्रय आलम रहेका छन्।

आज दिउँसो महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुंगाबाट अबैध लागूऔषधसहित फेला पारेपछि आलमलाई पक्राउ गरेको हो ।

थानकोट प्रहरीका अनुसार विरगंजबाट काठमाण्डौ तर्फ आउँदै गरेको ना ८ ख ७१९५ नम्बरको बस गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा सोही बसमा रहेका आलमको झोला भित्र उक्त लागूऔंषध भेटिएको हो ।

उनले लुकाएर ल्याउदै गरेको औषधीजन्य लागुऔषध डाईजेपाम ३०० एम्पल , फेनरागन ३०० एम्पल र नुफीन ३०० एम्पल गरी जम्मा ९०० एम्पल फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

पक्राउ परेका आलमलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान भईरहेको एसएसपी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077