Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसद पद गुमेको २८ घण्टापछि पुन: मन्त्री, चारै जनाद्वारा शपथ ग्रहण

काठमाडौँ। बिहीबार प्रतिनिधिसभाको बैठकबाट सांसद पद समेत गुमाएका चार नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन मन्त्री पदमा नियुक्त गरेका छन् ।

शुक्रबार विभिन्न मितिमा भएका मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित र्काक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संविधानको धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्री ओलीले पुन जिम्मेवारी तोकि नियुक्त गरेको बताए ।

अहिले राष्ट्रपति भवन शितल निवासमा चारै जना मन्त्रीहरुको सपथ ग्रहण जारी रहेको मन्त्री गुरुङले जानकारी दिए।

'प्रधानमन्त्री ओलीले माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री पदमा पुनर्नियुक्तिको को सिफारिस गरेसँगै अहिले सपथ ग्रहण कार्य भइरहेको छ', गुरुङले भने।

जसमा उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई साविककै मन्त्रालयमा पुन नियुक्ति दिइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077