Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ला लिगा : बार्सिलोनालाई पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबमा साविकको विजेता रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनामाथि २-१ गोलको रोमान्चक जित निकाल्दै म्याड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।

१० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले समान एक एक गोल गरे । भने बार्सिलोनाका लागि ओस्कार मिन्गुएजाले एक गोल फर्काए ।

रियललाई खेलको १३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, खेलको २८ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-0 को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा ओस्कारले एक गोल फर्काएपनि बार्सिलोना २-१ ले पराजित भयो ।

यस्तै खेलको इन्जुरी समय रियलका कस्मिरोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077