Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले प्रवेश गर्ने प्रदेश २ का चार सांसदलाई माओवादीको स्पष्टिकरण

धनुषा। नेपाल कम्यनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रधानमन्त्री एवं नेकपा एमाले केपी शर्मा ओली समूहमा लागेका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले उक्त जानकारी दिएको हो ।

तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो समीर अन्सारी ओली खेमामा लागेका छन् ।

उनीहरु चार जनालाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारीसमेत पार्टीले गरेको प्रदेश दुईका मुख्य सचेतक दिलीप साहले जनाए ।

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ ।

त्यस्तै प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077