Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोङ्गबुको गेस्ट हाउसमा एक पुरुषको शव फेला

काठमाडौं। उपत्यकाको (गोङ्गबु) नया बसपार्क क्षेत्रमा रहेको एक गेस्ट हाउसमा पुरुषको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका २७ स्थित मित्र नगरमा रहेको गोदावरी सन्तोषी गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

एसएसपी सिंहका अनुसार स्याङ्जा घर भएका नारायण बहादुर घर्तीको शव भेटिएको छ।

'हामीलाई खबर आएपछि गएर हेर्दा एक पुरुषको शव फेला परेको थियो', एसएसपी सिंहले भने

उक्त घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077