Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुदूरपश्चिम सह संयोजक कर्ण थापालाई भीम रावलले गरे कडा कारवाही

कैलाली। नेपाल कम्युनिष्ट पार्टी ( नेपाल) एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सह संयोजक एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कर्ण थापालाई कारवाही गरेको जनाएको छ।

आज कमिटीका अध्यक्ष एवं केन्द्रीय उपाध्‍यक्ष डा. भीम रावलको अध्यक्षतामा बसेको प्रदेश कमिटी बैठकले थापालाई अनुशासनको कारवाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउने र साथै साधारण सदस्यताबाट १ वर्ष निलम्बनका सिफारिस गर्दै कारवाही गरेको जनाएको हो।

नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ ९क० को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम थापालाई कारवाही गरिएको पार्टीले जनाएको छ।

कारवाहीमा परेका थापामाथि पार्टीको विधान उल्लंघन गरी पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई बिसर्जनतर्फ धकेल्ने गरेको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077