Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नागढुंगाबाट लागूऔषधसहित एक पक्राउ

काठमाडौँ । जिल्लाको नागढुंगा चेकप्वाईन्टबाट प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा बिर्तामोड निवासी ३३ वर्षीय लखन मुर्मु रहेका छन्।

आज दिउँसो झापाबाट काठमाडौँ आउँदै गरेको बा ७ ख ६३८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट ५ सय एम्पल र लुपिजेसिक बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

मुर्मुमाथि लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077