Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्ड पारिवारिक पीडा खेपेर पनि राजनीतिक सक्रियतामा जुट्दै

काठमाडौँ। दश वर्षे जनयुद्धको नेतृत्व गरेर खुला राजनीतिमा सक्रिय रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक व्यस्तता बढ्दो छ ।

बिहानदेखि रातिसम्म हुने भेटघाट,बैठक,पार्टीका कार्यक्रममा पुग्न प्रचण्डलाई भ्याईनभ्याई हुन्छ । दैनिक १५ घण्टासम्म राजनीतिमा व्यस्त रहने उनै प्रचण्डको पारिवारिक अवस्था भने निकै पीडादायी रहेको बताइन्छ ।

छोराछोरी गुमाउनुपर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ, अनुमान गर्नेहरूलाई के थाहा !

शोषित,उत्पीडित वर्गको मुक्तिका लागि भन्दै आफ्नै नेतृत्वमा शुरु भएको जनयुद्धको कठिन बेलामा समेत प्रचण्डले परिवारबाट भरपर्दो साथ र सहयोग पाउनुभएको थियो । त्यतिबेला प्रचण्डसँगै सिंगो परिवार जनयुद्धमा होमिएको थियो । राजनीतिको कठिन मोडमासमेत परिवारको साथ पाउनुभएका प्रचण्डले केही वर्षयता भने लगातार एकपछि अर्को पारिवारिक पीडा भोग्नुपरेको छ ।

तीन वर्षअघि जवान छोरा गुमाउनुभएका प्रचण्डले त्यसअघि जेठी छोरी ज्ञानु दाहालको अन्तिम बिदाइ गर्नुपरेको थियो । २०७४ सालको निर्वाचनका बेला छोरा प्रकाश दाहाललाई अकल्पनीय रुपमा गुमाउनुपर्यो । प्रकाश प्रचण्डका छोरामात्र थिएनन् भरपर्दो सहयोगी पनि थिए । प्रकाशलाई पशुपति आर्यघाटमा हजारौँ समर्थक र शुभचिन्तककाबीच अन्तिम बिदाइ गर्दा प्रचण्डको राजनीतिक सक्रियता घट्ने अनुमान गरिएको थियो ।

शनिबार सार्वजनिक सीताको एउटा फोटोले प्रचण्डमाथि गुज्रिरहेको पारिवारिक पीडाको अनुमान लगाउन सकिन्छ । छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उक्त फोटोमा सीता दाहालको स्वास्थ्य निकै कमजोर रहेको देखिन्छ ।

तर,उहाँको राजनीतिक सक्रियतामा बिराम लागेन,झन् सक्रियता देखिएको हो । त्यतिबेला प्रचण्डलाई वाम गठबन्धनलाई जिताउनुपर्ने महत्वपूर्ण जिम्मेवारी थियो,त्यसैले उहाँ चुनावी अभियानमा थप सक्रिय भएर लाग्नुभयो ।

छोराछोरी गुमाउनुपर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ, अनुमान गर्नेहरूलाई के थाहा १ त्यस्तै पीडाबाट गुज्रिनुभएका प्रचण्डलाई अहिले पत्नी सीता दाहालको बिग्रँदो स्वास्थ्य अवस्थाले थप पीडा दिएको छ । शनिबार सार्वजनिक सीताको एउटा फोटोले प्रचण्डमाथि गुज्रिरहेको पारिवारिक पीडाको अनुमान लगाउन सकिन्छ । छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उक्त फोटोमा सीता दाहालको स्वास्थ्य निकै कमजोर रहेको देखिन्छ । फोटोमा सीता निकै कमजोर र दुब्लो देखिनुभएको छ ।

प्रचण्डलाई पार्टीको नेता, जनयुद्धको सर्वोच्च कमाण्डर हुँदै मुलुकको प्रधानमन्त्रीसम्म बनाउन सीताको भूमिका महत्वपूर्ण थियो । प्रचण्ड आफैंले सार्वजनिक रुपमा पटक–पटक आफ्नो राजनीतिक जीवनमा सीताको भूमिकाको प्रशंसा गर्नुभएको छ । निम्नमध्यम वर्गीय परिवार, स–साना छोराछोरीको रेखदेख र सम्पूर्ण पारिवारिक जिम्मेवारी लिएर सीताले प्रचण्डलाई पूर्णकालीन राजनीतिमा लाग्ने बाटो नखोलेको भए आज देखिएको प्रचण्डको राजनीतिक सक्रियता कसैले पनि अनुमान गर्न सक्दैनथ्यो ।

उहाँको राजनीतिक लाइनमा सहमत वा असहमत जे भएपनि पारिवारिक तनावकाबीच उहाँको राजनीतिक सक्रियताको भने प्रशंसा गर्नैपर्छ । त्यसैले भनिएको होला, ’राजनीतिज्ञका लागि राजनीतिभन्दा ठूलो केही हुँदैन ।’ मुलुकको राजनीति बिग्रिनुमा अरुजस्तै प्रचण्ड पनि जिम्मेवार हुनुहुन्छ । तर,यत्रो पारिवारिक पीडा खेपेर पनि राजनीतिमा देखिएको उहाँको सक्रियताचाँहि लोभलाग्दो छ । जनआस्था साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077