Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यस्ता छन् माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नगर्नुको मुख्य कारणहरु

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले सरकारलाई आफूहरुले दिएको समर्थन किन फिर्ता नगरेको भन्नेमा प्रष्ट पारेका छन्।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले आफूहरुको पार्टीले संविधानको रक्षा गर्न र जनमतको कदर गर्नकै निम्ति भएपनि सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगरेको बताए।

सभामुख अग्निप्रसाद सापकोटाले बोल्नका लागि १० मिनेट समय दिएसँगै बैठकमा सरकारको बिरोध गर्दै बोल्न सुरु गरेका सांसद बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको अहमता र निरकुशतादेखि लिएर विकास निर्माणका कार्यहरुलाई लिएर आक्रोश पोखे।

समावेशी विकासको नयाँ मोडेल तयार पार्न प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै उनले गत शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित बिशेष कार्यक्रममा प्रधान गरिएको शिल्डमा नेपालको पुरानै नक्सा कायम गरिएकोमा आपत्ति जनाए।

चुच्चे नक्सा खै भन्दै पूर्वमन्त्री बस्नेतले अहिलेको सरकार मौसमी राष्ट्रवादमा तल्लिन भएका कारण यस्तो अबस्था सिर्जना भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077