Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमसीसी छिट्टै पास गर्ने मन्त्री रायमाझीको अठोट

    एमसीसी छिट्टै पास गर्ने मन्त्री रायमाझीको अठोट

    ‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि सडकमा रोइकराइ गर्ने ?'

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 1.9K
    SHARES

    अर्घाखाँची। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने सपना नदेख्न चुनौती दिएका छन् ।

    आज जिल्ला सदरमुकाम सन्धिखर्कमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमाओवादीका नेता रायमाझीले यस्तो चुनौती दिएका हुन् ।



    कार्यक्रममा बोल्दै रायमाझीले आफ्नो पूर्वपार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा राजनीतिक विचलनमा आएर सडकमा गएको बताए । ‘विचलन आएपछि दुई तिहाइको सरकार छाडेर, आफैंले प्रधानमन्त्री प्रस्ताव गरेका ओलीको विरोध गर्न प्रचण्ड सडकमा गएका हुन्’, उनले भने।



    मन्त्री रायमाझीले ओली सरकारको विरोध गर्नुको कुनै औचित्य नभएको दाबी गर्दै आफ्नो सांसद पद प्रचण्डले खोसिदिएर जनताको जनादेशमाथि ठूलो अपमान गरेको जिकिर गरे ।

    ‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि सड्कमा रोइकराई गर्ने ? यसको कुनै अर्थ छैन, वर्तमान सरकार ५ वर्षसम्मै रहन्छ, यही सरकारले चुनाव गराउँछ,’ रायमाझीले भने। एमसीसीको विषयमा पनि छलफल भैरहेको छ छिट्टै छलफल गरेर पास गर्छौं।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार