Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'एमालेको मतले चुनाव जित्ने प्रचण्डले हामीलाई एमालेतिर फर्किदा कारवाही गर्ने ?'

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गरेको छ।

माओवादी केन्द्रले कर्णाली प्रदेशका सांसद रेग्मीलाई पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको भन्दै सांसद पदबाट मुक्त गर्दै कारवाही गरेको हो।

यसैबीच, कारवाहीमा परेका रेग्मीले सार्वजनिक अपिल गर्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने तर, ओली पक्षमा लाग्दा कारवाहीको भागिदार किन हुनुपर्ने ? भनेर प्रश्न गरेका छन् ।

रेग्मीले माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने तर, हामीले उनै ओलीलाई सहयोग गर्दा प्रचण्डको कारवाहीको भागिदार हुनु पर्ने ?’ उनले  भने।

'प्रचण्डले एमालेको मत लिएर चुनाव जित्न हुने, हामीले चाहिँ एमाले तिर उभिदा पद छोड्नु पर्ने ? आफुले एमालेकै चुनाव चिन्ह सुर्य छातीमा टाँगेर निर्वाचन आयोग र माइतीघर मण्डलामा प्रहसन गर्दा अनुशासन उल्लङ्घन नहुने, हामीले सुर्यको पक्षमा उभिदा पार्टी अनुशासन उल्लङ्घन हुने ? वाह कमरेड ! तपाईंले सर्वोच्च अदालतमा पुनरावलोकन दर्ता गर्दा नेकपा बनाइदिन अनुनय गर्ने अनि हामीलाई चाहिँ माओवादी बनेनन् भनेर छडी लगाउने ? यो कुन नैतिकता हो कमरेड ? ’ उनले अपिलमा उल्लेख गरेका छन्।

दैलेख जिल्लाबाट माओवादी कुनै बेला लखेटिएको र त्यसै क्षेत्रबाट आफु निर्वाचनमा विजयी भएको भन्दै रेग्मीले भनेका छन् ‘दैलेख त्यस्तो जिल्ला हो, जहाँबाट कमरेड प्रचण्ड र बाबुराम लखेटिएका थिए । त्यस्तो जिल्लामा मेरो नेतृत्वमा हामीले कुशलतापूर्वक निर्वाचनमा सफलता हासिल गरेका थियौं,

एउतै पार्टीमा ३३ बर्षसम्म अध्यक्ष बनेका प्रचण्डले नैतिकताका आधारमा पनि आफुलाई कारवाही गर्न नहुने रेग्मीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077