Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा ५१७ जना थपिँदा ५ को मृत्यु

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५१७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

यसअवधिमा ४ हजार ३८६ पीसीआर तथा ८ सय १७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

जसमध्ये पीसीआरबाट ४६०  जना र एन्टीजेन परीक्षणबाट ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १५३ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

सोमबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको  संख्या  ५ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०५८ पुगेको  छ ।

हिजो नेपालमा ५५९ जना संक्रमित थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077