Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४ थान भरुवा बन्दुकसहित २ जना पक्राउ 

बाजुरा। प्रहरीले ४ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका-३ गुदुखाती बस्ने ४५ वर्षीय बने बहादुर धामी र सोही ठाउँ बस्ने ४३ वर्षीय मान बहादुर धामी रहेका छन्।

मंगलबार बिहान विशेष सूचनाको आधारमा प्रहरी चौकी डोगडीबाट खटिएको टोलीले उनीहरुको घर चेक गर्दा ४ थान भरुवा बन्दुक फेला पारेको हो। 

प्रहरीले पक्राउ परेकामध्ये बने बहादुरको घरबाट जंगली जनावर बदेलको जस्तो खप्परसहितको आधा टाउको र मान बहादुरको घरबाट बदेलको जस्तो देखिने मासु बरामद गरेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077