Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नगदमा माग सम्बोधन गर्नेसँग मात्र सम्झौता हुन्छ : महन्थ ठाकुर

धनुषा । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनका लागि आफ्नो पार्टीको माग नगदमा सम्बोधन गर्ने शक्तिसँग मात्र सम्झौता हुने स्पष्ट पारेका छन्।

आज नयाँ वर्ष २०७८ को अवसरमा जनकपुरस्थित मधेस भवनमा आयोजित शुभकामना आदान(प्रदान तथा चियापान समारोहमा बोल्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन्।

कार्यक्रममा नयाँ सरकार गठनका निम्ति कांगेसले हलो अड्काएको आरोप लगाउँदै अध्यक्ष ठाकुरले जसपाले हलो अड्काएको हो भने नेतृत्व गरेर अगाडि बढ्न कांग्रेसलाई कसले रोेकेको छ ? प्रश्न गरे।

कार्यक्रममा जसपाका नेताहरुले सरकारको नेतृत्व लिने संकेत गर्दै संघीय सरकारको नेतृत्व लिन पार्टीले पहल गर्ने समेत घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077