Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • काँकडभिट्टा र भद्रपुर नाका आज बन्द

    काँकडभिट्टा र भद्रपुर नाका आज बन्द

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    झापा । भारतसित जोडिएको झापाको काँकडभिट्टा र भद्रपुर नाका आज बन्द रहने भएको छ । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि दुवै नाका बन्द गरिएको हो ।

    आज बिहानदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ।



    उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाकालाई बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो ।



    यातायात र आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार