Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निषेधाज्ञामा थप कडाइ, नेपाल-भारत सीमाका २२ नाका बन्द

    निषेधाज्ञामा थप कडाइ, नेपाल-भारत सीमाका २२ नाका बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले  भारतसँगका ३५ मध्ये १३ वटा मात्रै नाका सञ्चालन गरी २२ वटा बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

    क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।



    बैठकले निषेधाज्ञा लागू भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरु राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ ।



    विदेशबाट नेपाल आएका विदेशीले क्वारेन्टाइन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय गरेको छ । क्वारेन्टाइनको रुपमा रहेका होटलहरुलाई थप ब्यबस्थित गर्ने निर्णय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार