Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसललगायत माघ मसान्तसम्म बन्द गर्न सिफारिस

    डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसललगायत माघ मसान्तसम्म बन्द गर्न सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्र माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

    शुक्रबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण कायमै रहेकाले यी क्षेत्रहरु माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको हो ।



    यसअघिको क्याबिनेट बैठकले यी क्षेत्र माघ १५ सम्म बन्द गर्ने निर्णय भएकामा सीसीएमसीले फेरि माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको हो ।



    यस्तै सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाउन पनि सरकारलाई सिफारिस गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार