Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सार्वजनिक सेवा प्राप्त गर्न माघ ७ देखि कोरोना विरुद्धको खोप कार्ड अनिवार्य

    सार्वजनिक सेवा प्राप्त गर्न माघ ७ देखि कोरोना विरुद्धको खोप कार्ड अनिवार्य

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गरिएको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।

    बैठकले सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ । त्यस्तो कार्ड मोबाइलमा खिचेर देखाए पनि हुनेछ ।



    यस्तो निर्णय कार्यान्वयनका लागि सबै डीसीएमसीलाई गृह मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।



    नेपालको जनसंख्याको आधा प्रतिशतले पनि खोप नलगाएको अवस्थामा सीसीएमसीले भने कोरोना भाइरस विरुद्धको खोप लगाएकालाई मात्रै सार्वजनिक सेवा दिन सरकारी निकायहरूलाई सिफारिस गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार