Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • आज रातिदेखि सबै अन्तर्राष्ट्रिय सिमा नाका बन्द हुने

    आज रातिदेखि सबै अन्तर्राष्ट्रिय सिमा नाका बन्द हुने

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 678
    SHARES

    काठमाडौं । आज मंगलबार रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् ।

    स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो ।



    मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।



    नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । बन्द नाका निर्वाचनको मतदान सकिएपछि मात्रै खुला गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार