Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आमा बन्दै गर्दा ऋचा शर्माले भनिन् - आमा ! तपाईकी छोरी आज ठुली भई

काठमाडौं। चर्चित रियालिटी शो कमेडी च्याम्पियन्सकी जज एवं अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको सार्वजनिक गरेकी छिन् ।

नयाँ वर्षको दिन ऋचाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नी आमाको स्मरण गर्दै आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी हुन् ।

उनले पति दिपेक्षविक्रम राणासँगै भर्खरै रोपेको बिरूवामा पानी हाल्दै गरेको तस्वीर राख्दै आफ्नाकुराहरु स्ट्याससमार्फत् लेखेकी छिन्।

उनको स्ट्यासस यस्तो छ : आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस । आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ। आज तपाईंहरु माँझ यो ख़ुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, "छोरी आज ठुली भई।"

https://www.facebook.com/photo?fbid=318392096310481&set=a.305621367587554

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077