Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मुख्यमन्त्री गुरुङको पद धरापमा, अविश्वासको प्रस्ताव दर्ता (पत्रसहित)

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

अविश्वासको प्रस्तावसहित व्यवस्थाअनुसार मुख्यमन्त्री पदका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ।

अविश्वासको प्रस्तावमा कांग्रेस, माओवादी र जसपाका २८ जना सांसदको हस्ताक्षर रहेको छ ।

राष्ट्रिय जनमोर्चाका सांसदले भने हस्ताक्षर गरेका छैनन् । अविस्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्रीको पद धरापमा परेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077