Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

२३ किलो लागुऔषधसहित ३ जना पक्राउ

मकवानपुर। जिल्लाको अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङको टोलीले २३ किलो लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अटोचालक मकवानपुर जिल्ला हे.उ.म.न.पा. ११ बस्ने ४०बर्षीय चतुरमान मोक्तान, अटोमा सवार सोही जिल्ला राक्सिराङ गा.पा १ बस्ने ४७ बर्षीय निर्मला तामाङ र ४७ बर्षीय मायाँ तामाङ रहेका छन्।

बुधबार प्रहरी सहायक निरीक्षक (असई) सुबोध ठाकुरको नेतृत्वमा खटिएको थानाभर्‍याङको टोलीले पूर्वपश्चिम सडकखण्डमा ना १ ह ९०९९ नं को अटोलाई रोकेर चेकजाँच गर्दा अटोमा लुकाएर ल्याउँदै गरेको २ वटा पोकामा २३ किलो लागुऔषध फेला पारेको हो।

उक्त घटनाको बिषयमा जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्धामा म्याद अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077