Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन तीन दलको माग

कास्की। बुधबार राती प्रदेश प्रमुखले संसद अधिवेशन अन्त्य गरेपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गर्ने भएका हुन् ।

दिउँसो ३ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर उनीहरुले प्रदेश अधिवेशन बोलाउन माग गर्न लागेको माओवादीका एक नेताले जानकारी दिए।

यस्तै, अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

यद्दपि यसअघि प्रदेशमा नेपाली कांग्रेसलगायतले मुख्यमन्त्री गुरूङबिरुद्द अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि उनले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका थिए।

गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077