Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा ५३४ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज थप ५ जनाको मृत्यु समेत भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ  ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १५७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण गरिएको हो।

हिजो नेपालमा ६०३ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु  भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077