Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारबाटै देशलाई बन्धकी राख्ने काम भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नेतृत्व गर्ने व्यक्तिबाटै देशलाई बन्धकी राख्ने काम भइरहेको आरोप लगाएका छन्।

आज वागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटन गर्दै प्रचण्डले सरकारको नेतृत्व गर्ने प्रमुख व्यक्तिहरुबाटै राष्ट्रहितविपरीतका गतिविधिहरू भइरहेको भन्दै देशलाई बन्धकीमा पारेको आरोप लगाएका हुन् ।

सरकारको यस्तो घृणित कार्यबाट नेपाल र नेपाली जनताको इज्जत प्रतिष्ठा तथा राष्ट्रिय स्वाधिनतामा प्रश्न उठेको भन्दै अध्यक्ष प्रचण्डले देशमा तानाशाही र निरंकुश शक्ति अझै सक्रिय रहेको उल्लेख गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, 'तानाशाहीहरूको नेपाल र नेपालीविरुद्ध षडयन्त्र चलि नै रहेको छ । हिजोआज खबर सुन्नुभयो- हेर्नुभयो भने देशलाई बन्धकी राख्ने र राष्ट्रहितविपरीत गतिविधि गर्ने काममा स्वयम् सरकारको नेतृत्व गर्ने प्रमुख व्यक्तिहरू लागेका खबर आएका छन् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077