Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णाली प्रदेश : राप्रपाको निर्णयले मुख्यमन्त्री शाहीलाई लाग्यो ठुलो झट्का

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ठुलो झट्का लागेको छ।

आज प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री शाहीलाई राप्रपाले साथ नदिने भएपछि ठूलो झट्का लागेको हो।

राप्रपाका कारण मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन झनै चुनौतीपूर्ण हुने देखिएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि ६ सांसद रहेको काँग्रेसको समर्थनले मात्र पुग्दैन, एक सिट रहेको राप्रपाका अतिरिक्त एमालेका कम्तीमा दुई सांसदले फ्लोर क्रस गर्नुपर्ने हुन्छ ।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । मुख्यमन्त्री शाहीलाई २० सांसदको समर्थन आवश्यक पर्छ ।

एमालेका सांसदको मत पाएमात्रै मुख्यमन्त्री शाहीको पद जोगिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077