Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णालीमा शाहीविरुद्ध मतदान गर्न एमालेको ह्विप

बिरेन्द्रनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्ने ह्विप जारी गरेको छ।

आज ११ बजेदेखि  दलका नेता यामलाल कँडेलको घरमा बसेको बैठकले प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची रहेकोमा उनीविरुद्द ह्विप जारी गरेको हो।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । मुख्यमन्त्री शाहीलाई २० सांसदको समर्थन आवश्यक पर्छ ।

राप्रपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरिसकेको छ भने अब एमालेका सांसदको मत पाएमात्रै मुख्यमन्त्री शाहीको पद जोगिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077