Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धेरैपछि ओलीले प्रचण्डलाई फोन गर्दै भने...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् ।

आज कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका माओवादी अध्यक्ष प्रचण्डले आफुलाई एमाले अध्यक्ष ओलीले फोन गरेको जानकारी दिए।

भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले भने ‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि, अनि मैले भने, म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु, एकछिनमा कुरा गरौला।'

कार्यक्रम सकिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै प्रचण्डले भने, ‘यो बाटो बनाइदिनुस् भन्नेवाला छु ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077