Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वासको मत माग्दै गर्दा मुख्यमन्त्री शाहीले के भने ?

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका छन् ।

आज बसेको प्रदेशसभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै शाहीले ५ वर्षका लागि सरकार बने पनि बदलिएको परिस्थितिले गर्दा अहिले विश्वासको मत लिनुपर्ने स्थानमा आफू उभिएको बताए।

'मैले विश्वासको मत लिने प्रस्ताव पेश गरेको छु, शाहीले भने, 'विश्वासको मत लिन आएकोछु, समर्थन गर्नुहोला।'

प्रदेश सरकार निर्माण गर्दा तीव्र विकास, प्रदेशको आर्थिक समृद्धिको सपना देखेर सबै दलले प्रदेशमा कोही पनि प्रतिपक्ष नहुने प्रतिवद्धता जनाएको स्मरण गराउँदै मुख्यमन्त्री शाहीले अहिले पनि त्यही अवस्थामा प्रतिवद्ध रहन दलहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077