Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीलाई कांग्रेसले काँध थाप्दा राप्रपाले खुट्टा तान्यो

काठमाडौं । नेपाली काँग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने भएको छ ।

आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसमक्ष आग्रह गरेसँगै कांग्रेसले मत दिने निर्णय गरेको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए।

तर, मुख्यमन्त्रीको पक्षमा कांग्रेसले मत दिँदैमा विश्वासको मत भने पुग्दैन।

यसअघि कर्णालीमा रहेको राप्रपाले तटस्थ बस्ने निर्णय गरेसँगै कांग्रेस मात्रैले मुख्यमन्त्री शाहीलाई विश्वासको मत भने पुग्ने देखिदैन। तसर्थ : शाहीलाई कांग्रेसले काँध थाप्दा, राप्रपा तटस्थ बसेर खुट्टा तानेको जस्तो भएको देखिन्छ।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । मुख्यमन्त्री शाहीलाई २० सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077