Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशभर ९०० जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै ३४८ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र अहिले सम्मकै धेरै थप ९००  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार १५८  पीसीआर परीक्षणबाट ८३६ जना र ६२१ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ०७० पुगेको छ ।

संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३४८ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २०८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077