Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले सांसदले फ्लोरक्रस गर्दा शाहीको पद जोगियो

सुर्खेत । कर्णाली प्रदेशमा एमाले सांसदले फ्लोरक्रस गर्दा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ।

आज प्रदेशसभामा विश्वासको मत पाएपछि उनको मुख्यमन्त्री पद जोगिएको हो।

मुख्यमन्त्रीशाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ ।

नेकपा एमालेका चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै एकाएक शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो ।

शाहीलाई आफ्नो पद जोगाउन ३९ सदस्यीय प्रदेशसभामा २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत पाए ।

विश्वासको विपक्षमा १५ जना सांसदले मत दिएका छन् ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् ।

त्यस्तै, ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । शुक्रबारको बैठकमा ३७ जना सांसद उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077