Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • दक्षिण अफगानिस्तानमा बम विष्फोट चार सर्वसाधारणको मृत्यु

    दक्षिण अफगानिस्तानमा बम विष्फोट चार सर्वसाधारणको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 3K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी। अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार पुष्टि गरेको छ ।

    मारिएका ती सर्वसाधारणमा तीन जना एकै परिवारका रहेका बताइएको छ । एक महिला र उनकै दुई बच्चाको मृत्यु भएको समाचारमा जनाइएको छ ।



    शाह वाली कोट जिल्लाको जर्ताली इलाकामा ती परिवारको गाडी बमसँग ठोक्किँदा उनीहरुको सवारीसाधान ध्वस्त भएको प्रहरी प्रवक्ता जमाल बराक्जाईले बताएका छन् ।
    अफगानिस्तानमा आतङ्ककारीहरुले सुरक्षाबललाई लक्षित गर्दै गृहनिर्मित बम सडक किनारमा विस्फोटन गराउँर्दै आएका छन् । यस्ता घातक हतियारहरुले सर्वसाधारणलाई पनि बारम्बार हानी पुन्याउँर्दै आएको छ ।



    अफगानिस्तानमा सन् २०२० जारी सशस्त्र द्वन्द्वमा परी २ हजार ९५० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुको साथै ५ हजार ५४० भनदा बढी घाइते भएका देशको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ ।
    सन् २०२० मा भएका अर्को छुट्टै घटनाहरुमा ३३० जना महिला र ५६५ बालबालिकाको मृत्यु भएको सो आयोग थप जानकारी दिएको छ । (सिन्ह्वा समाचार समिति)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार