Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कर्णालीमा एमाले संसदीय दलको आकस्मिक बैठक, फ्लोरक्रस गर्ने चार सांसदमाथि कारवाही हुने !

काठमाडौं । कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको छ।

पार्टीले निर्देशन गरेको ह्विप उलंघन गर्दै प्रदेश सरकारको पक्षमा पार्टीका चार सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो।

बैठकले ‘फ्लोरक्रस’ गर्ने चार सांसदहरूलाई कारवाहीको सिफारिस गर्ने बताएको छ।

पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो ।

आज प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।

उनीहरूको फ्लोरक्रसपछि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगिए हो।

उनीहरुले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अटेर गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेश मानेर मुख्यमन्त्री शाहीलाई समर्थन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077