Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुख्यमन्त्री शाहीले विश्वासको मत पाएपछि कर्णालीमा कँडेलको सपना चकनाचुर !

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेपछि नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना चकनाचुर भएको छ ।

नेता कँडेलले पार्टीका सांसदहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई समर्थन गरेपछि आक्रोश ब्यक्त गर्दै सांसदहरुबाट राजनीतिक अपराध भएको प्रतिक्रिया दिएका छन् ।

जिम्मेवार व्यक्तिहरुबाट यस्तो कार्य हुने आफूले नसोचेको बताउदै कंडेलले भने, ‘पार्टीका माननीय साथीहरूबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो ।'

मुख्यमन्त्री शाहीको पक्षमा सांसदहरु  प्रकाश ज्वाला, नन्द सिंह बुढा, अमर थापा र कुर्मराज शाहीले मतदान गरेका थिए ।

यसैबीच, फ्लोरक्रस गर्ने सांसदहरुलाई कारवाही गर्न एमालेको संसदीय दलको आकस्मिक बैठक अहिले बसेको छ।

पार्टीले निर्देशन गरेको ह्विप उलंघन गर्दै प्रदेश सरकारको पक्षमा पार्टीका चार सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077