Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘फ्लोर क्रस’ गर्ने एमालेका ४ सांसद पार्टीबाट बर्खास्त

सुर्खेत । नेकपा एमाले संसदीय दलले कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई  पार्टीबाट निष्कासन गर्नको लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले दलको निर्देशन विपरीत ‘फ्लोर क्रस’ गरेको भन्दै उनीहरुलाई कारवाही स्वरुप निष्कासन गर्नको लागि सिफारिस गरेको हो।

संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीबाट निस्कासन गर्नको लागि सिफारिस गर्ने निर्णय गरिएको वताए ।

उनीहरुले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अटेर गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेश मानेर मुख्यमन्त्री शाहीलाई समर्थन गरेका हुन्। जसका कारण मुख्यमन्त्री शाहीको पद जोगियो।

त्यस्तै, देवी ओलीलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय भएको उनले बताए ।नेकपा एमालेका चार प्रदेश सांसदले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077