Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीको निर्देशन विपरित माओवादी केन्द्रलाई साथ दिएका नेपाल र प्रचण्डबीच के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाकेको सर्वदलिय र्बठकमा सहभागी नभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

कर्णाली प्रदेशमा पार्टीको निर्णयलाई लात हानेर माओवादी केन्द्रको निर्देशनमा नेपाल पक्षका चार जना ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगाएको भोलिपल्टै भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हिजो नेपाल पक्षका चार सांसदले ओलीको निर्देशन अटेर गरी प्रचण्डको निर्देशन मान्दा मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढल्नबाट जोगिएको थियो ।

नेपाल निवास छेउछाउ भएको भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको बुझिएको छ ।

भेटमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै एमाले नेता घनश्याम भुसालसमेतको सहभागिता रहेको बताइएको छ ।

नेपाल समूहले प्रधानमन्त्री ओलीले पार्टी एकपक्षीय ढंगले सञ्चालन गरेको भन्दै देशभर समानान्तर गतिविधि गर्दै आएको छ ।

यहिबेला कर्णालीमा भएको हिजोको राजनीतिक घटनाक्रमले एमालेभित्र भुसको आगो कसरी सल्किरहेको छ भन्ने प्रष्ट देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077