Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्य एमालेबाट निष्कासित

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ‘फ्लोर क्रस’ गर्ने तीन सांसदलाई कारबाही गरेको छ ।

प्रदेश कमिटीको शनिबार बसेको बैठकले तीन जनालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको छ भने एक जनालाई कारबाहीका लागि केन्द्रीय कमिटिमा सिफारिस गरेको छ ।

प्रदेश कमिटीको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो भने प्रकाश ज्वालालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको हो।

प्रदेश संसदिय दलका नेतायमलाल कँडेलले भने–‘तीन जना प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ । प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफारिस गरिएको छ ।’

यद्यपी चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो ।

कारबाही परेका चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

माधव नेपाल पक्षका उनीहरुले नेकपाका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनलाई लत्याएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आदेश मानेको चार्चा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077