Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा थापालाई पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त भएका छन्। उनी आफ्नो पद गुमेको करिब ३/ ४  घण्टामै पुन: नियुक्ति भएका हुन्।

आज बिहान राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेसँगै उनको सांसद र मन्त्री दुबै पद गुमेको थियो ।

तर, संविधानमा सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्थासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेता थापालाई मन्त्री पदमा पुन नियुक्त गरेर गृह मन्त्रालयको कार्यभार तोकेकी छन् ।

आजै राष्ट्रपति भण्डारीले थापालाई गृह मन्त्रालयको कार्यभार तोकेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको उल्लेख गरेका छन्।

थापाले आजै साँझ गृहमन्त्रीको रुपमा सपथ लिँदैछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077