Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन् ।

करिब १० दिन लामो भारत भ्रमणमा रहेका पूर्वराजा स्वदेश फर्किएसँगै उनको स्वागतमा मोटरसाइकल र्‍यालीदेखि हेलिकप्टरबाट पुष्पवृष्टिसम्म गरिने भएको छ।

भारतको हरिद्वारमा सञ्चालन भएको महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा शाह दम्पती त्यसतर्फ गएका थिए । उनीहरु केहीबर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा भारतीय साधुसन्तको तर्फबाट सोमबार हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो।


भारतमा रहँदा राजाकै रूपमा ठूलो सम्मान पाएका पुर्वराजाको काठमाडौं विमानस्थलमा भव्य स्वागतसहित मोटरसाइकल र्‍यालीले विमानस्थलदेखि निर्मल निवाससम्म स्कर्टिङ गरिने वीर गोर्खाली अभियानले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077