Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या झण्डै ११ सय, थप ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रममा जारी रहेको छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि पहिलो पल्ट संक्रमितको संख्या १ हजार भन्दा माथि रहेको छ।

यसैबीच, आज पछिल्लो २४ घण्टामा थप १ हजार ९६  जनामा संक्रमण पुष्टि भएको छ ।५ हजार ०८४ जनामा पीसीआर परीक्षण र ६९९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः १०१५ र ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजार ६७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लख ७५ हजार ३०० जना डिस्चार्ज भएका छन्।

आइतबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको आठ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०८३ पुगेको छ ।

हिजो नेपालमा ८४३ जना संक्रमित थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077