Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

डाबरका गुणस्तरहिन सामान विक्री गर्ने विगमार्टमा विभागको छापा

काठमाडौं । खाद्य तथा गुण नियन्त्रण विभागले अनामनगरस्थित विगमार्टमा छापा मारेको छ ।

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले उत्पादन गरेको जुसहरु गुणस्तरहिन भएको जनगुनासो बढेपछि विभागले छापा हानेको जनाएको छ ।

छापा हान्ने क्रममा विभागले डाबर नेपालका उत्पादनहरु जफत गरेको छ ।

डाबरले रियल जुस, च्यवनप्रास, टुथपेष्ट, अमला हेयर आयल, हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल उत्पादन गर्दै आएको छ।

यसअघि कोरोना महामारिका बेला समेत डाबरले गुणस्तरहिन सेनिटाइजर बिक्री गरेको थियो ।

डाबरको एक लिटर र ७५ मिलिलिटरको ह्यान्ड स्यानिटाइजर न्यून गूणस्तरको पाइएपछि औषधि व्यवस्था विभागले त्यतिबेलै उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

विभागले बजार अनुगमनका क्रममा स्यानिटाइजरको नमुना परीक्षण गर्दा गुणस्तरहित भेटिएको जनाएको थियो । विभागका अनुसार ती स्यानिटाइजरमा मापदण्डअनुसार अल्कोहल नपाइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077