Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकार सार्वजनिक यातायातको भाडा बढाउने तयारीमा

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने तयारी थालेको छ ।

यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर भाडा बढाउन सरकारलाई दबाब दिएपछि भाडा बढाउने गृहकार्यमा सरकार जुटेको छ । यातायात व्यवसायीहरुले वैशाख १५ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

भाडा बढाउनेबारे निर्णय गर्न भाडा समायोजन समितिको बैठक आज बस्दैछ । समितिको बैठकले नै भाडा सम्बन्धी निर्णय गर्नेछ । यातायात व्यवसायीहरुले वैज्ञानिक तवरले भाडा बढाउनुपर्ने माग गरेका छन् ।

सरकारले पेट्रोलको मूल्य यसबीचमा १३ पटक बढाएको छ । डिजेलको मूल्य पनि ९ पटक बढेको छ । मूल्य वृद्धिले यात्रुबाहक तथा मालबाहक सवारीधनीले घाटा बेहोर्दै आएको उनीहरुको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई ज्ञापन पत्र बुझाएर भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने जनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077