Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

कोरोनाका कारण रियालिटी शो 'कमेडी च्याम्पियन' पनि प्रभावित

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमणपश्चात आफूलाई आइसोलेसनमा राखेकी केकीको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएकी छिन्।

तर उनमा संक्रमण हुँदा उनी निर्मात्री रहेको चर्चित टेलिभिजन रियालिटी शो 'कमेडी च्याम्पियन सिजन-२' प्रभावित भएको छ।

कमेडी च्याम्पियनले एक बिज्ञप्ति जारी गर्दै एकहप्ताका लागि पोस्टपेण्ड गरिएको जनाएको छ।

टीमका अन्य सदस्यको पनि कोरोना परीक्षण गरिने भएको छ । संक्रमित हुनेलाई क्वारेन्टिन र आइसोलेसनको पनि व्यवस्था गरिएको कमेडी च्याम्पियनले बिज्ञप्तिमार्फत् जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077