Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तराईका सबै क्षेत्रमा तुवाँलो

    तराईका सबै क्षेत्रमा तुवाँलो

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ । देशका तराइ क्षेत्रमा तुँवालो लागेको छ ।

    भारतबाट धुवाँ र धुलो आइरहेकोले तराईका सबैजसो क्षेत्र र काठमाडौँसहित पहाडी जिल्लामा पनि अहिले ुभिजिबिलिटी कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    पश्चिमी क्षेत्रबाट सुरु भएको तुवाँलो पूर्वतर्फ सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकीलगायत प्रदेशका पश्चिमी क्षेत्रमा आन बिहानैदेखि मेघ गर्जनसहितको पानी पर्न लागेको छ । त्यस क्षेत्रको मौसम बिहानैदेखिबाट बद्ली भइरहेको छ ।



    पश्चिमी वायुको प्रभाव र अरब सागरबाट जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेकोले पश्चिमी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । दिउँसो पनि यी क्षेत्रहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार