Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी २० विश्वकप ९ स्थानमा गर्न भारतको प्रस्ताव

एजेन्सी । भारतले आईसीसी टी २० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आयोजनाका लागि आईसीसीलाई ९ खेल स्थलको प्रस्ताव गरेको छ ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईको एपेक्स काउन्सिलले ९ स्थानमा विश्वकप आयोजना गर्नका लागि प्रस्ताव गरेको हो ।

प्रस्तावित खेल स्थलमा अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, धर्मशाला, हैदरावाद, कोलकत्ता, लखनउ र मुम्बई रहेको छ ।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै प्रस्तावित खेल स्थलबाट अन्तिम खेल स्थलको छनोट गरिनेछ । विश्वकप आयोजनाको खेल स्थल छनोट गर्न आईसीसीको टिमले अप्रिल २६ मा भारतको भ्रमण गर्ने बताईएको छ ।

२०२१ मा आयोजना हुने विश्वकप अक्टोबर देखि नोभेम्बरसम्म हुनेछ । विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077