Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एअरपोर्टमा स्वागत र बिदाईमा जान बन्देज, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

काठमाडौं । नयाँ भेरियन्टको कोरोना संक्रमणले जोखिम बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न आग्रह गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्यवमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय नागरिक उड्डयन कार्यालयले मंगलबार एक सूचना जारि गर्दै अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न आग्रह गरेको हो।

उक्त सुचनामा कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न र आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि सो आग्रह गरिएको विमानस्थलले जनाएको छ।

विमानस्थलले स्वदेश तथा विदेशबाट आउनेजाने आफन्तजनलाई बिदाइ र स्वागतमा पनि बन्देज लगाएको छ भने  विमानस्थल प्रवेश गर्दा सरकारले जारी गरेको निर्देशन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न पनि विमानस्थल प्रशासनले आग्रह गरेको छ।

विमानस्थल आवात-जावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, शरीरको तापक्रम मापन गराउने, सेनिटाइजरको प्रयोग आदि सुचनामा उल्लेख गरिएको छ।

सूचना यस्तो छ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077